ज्योति विकास बैंकको सचेतना शिविर कार्यक्रम सम्पन्न


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
ज्योति विकास बैंकको सचेतना शिविर कार्यक्रम सम्पन्न

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत शंखरापुर नगरपालिका वडा नं.०३, जहरसिंपौवा,काठमाडौंमा निःशुल्क पाठेघर क्यान्सर परिक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सम्पन्न गरेको छ । उक्त शिविर मार्फत ६५ जना भन्दा बढी महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । 

पाठेघरको क्यान्सर जाँच, स्तन क्यान्सर बारे सचेतना, प्रारम्भिक पहिचान र रोकथाम गर्ने उद्देश्यका साथ बैंकले एक दिने स्वास्थ्य शिविर आयोजना गरेको हो । जन स्वास्थ्य सरोकार ट्रष्ट, लप्सेफेदी स्वास्थ्य चौकी, काठमाडौं मोडेल हस्पिटल र किर्तिपुर हस्पिटलको सहकार्यमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको होे ।

Read More
  • MBL