काठमाडौं : युनियन लाइफ इन्सुरेन्स कम्पनीको बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गरी २०७९ माघ १५ गतेसम्म कायम रहेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो । सेयरधनीले प्रभु बैंकको खाता नम्बर ०८९००८९९५४१००१२१ मा कर वापतको रकम जम्मा गरीदिनु पर्नेछ ।
कर जम्मा भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुनेछ । युनियनले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ८.९७% बोनस सेयर वितरण गरेको थियो । आफूले तिर्न पर्ने करको रकम यस कम्पनीको वेभ साइटमा साथै, प्रभु क्यापिटलको साइटबाट पनि हेर्न सकिन्छ । हाल युनियन, गुराँस र प्राइम लाइफ इन्सुरेन्स एक आपसमा मर्ज हुने प्रक्रियामा रहेका छन् ।








