वाणिज्य बैंकहरुको नाफा ४८ अर्ब ८३ करोड, कुन बैंकको कति ?


  • KSBBL
  • Shine Resunga Development Bank Limited (SHINE)
Nepali Paisa

काठमाडौं : चालु आर्थिक वर्षको फागुन महिनासम्म वाणिज्य बैंकहरुले ४८ अर्ब ८३ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका २१ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ८ महिनामा उक्त नाफा कमाएका हुन् । फागुन महिनासम्म सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसअवधिमा नबिलले ५ अर्ब ३२ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । 

 

ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ३७ करोड २७ लाख रुपैयाँ रहेको छ । तेस्रोमा एनआइसी एसिया बैंकको नाफा ४ अर्ब ५ करोड ८० लाख रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब माथि छ । यता, कृषि विकास बैंकको नाफा भने सबैभन्दा थोरै ४१ करोड रुपैयाँ मात्र रहेको छ ।

Read More
  • Prabhu Bank
  • Citizens Bank Ad
  • Laxmi Bank