काठमाडौँ / ठगी प्रकरणमा सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनी र वैदेशिक रोजगार बोर्डका कर्मचारी पक्राउ परेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमाबापत पाउने रकममा ठगी गर्ने दुई बीमा कम्पनीका कर्मचारी र बोर्डका कर्मतारी पक्राउ परेका हुन् ।
यसरी पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–४ बुढाथोकीगाउँ बस्ने सूर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत उमेश बुढाथोकी रहेका छन् ।
प्रहरीले सोही ठगी प्रकरणमा अर्घाखाँची छत्रदेव गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–२६ रानीबारी बस्ने वैदेशिक रोजगार बोर्डमा कार्यरत नायब सुब्बा ३६ वर्षीय पशुपति अधिकारीलाई समेत पक्राउ गरी अनुसन्धान थालेको जानकारी गराएको छ ।








