बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्सबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ।
बुधबार एक कार्यक्रमकाबीच बिपिडब्लु लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगा क्यापिटल मार्केट्सका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
उक्त कार्यक्रममा मेगा क्यापिटलका मार्केटिङ डिपार्टमेन्ट हेड गिरीराज पोखरेल र मर्चेन्ट बैंकिङ इन्चार्ज मनिषा दाहालको समेत उपस्थिति रहेको थियो।