काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिन पूर्वस्वीकृति प्रदान गरेको छ ।
सेबोनले फागुन ३० गते यी दुई कम्पनीलाई एक आपसमा गाभिन पूर्वस्वीकृति प्रदान गरेको हो । यी दुई कम्पनीले पुस १८ गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।