काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा विदेशी लगानी प्रतिवद्धता बढेको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत माघ महिनाको तुलानामा फागुनमा लगानी प्रतिवद्धता बढेको देखिएको हो ।
विभागका अनुसार यस अवधिमा १ अर्ब ९२ करोड ९० लाख रुपैयाँको विदेशी लगानी प्रतिवद्धता आएको छ । जबकी यो रकम माघ महिनामा एक अर्ब ३९ करोड रुपैयाँ बराबरको रहेको थियो ।
यस अवधिमा १५ वटा उद्योगका लागि सो बराबरको लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार नयाँ कम्पनी र कम्पनीको शेयर खरिदका लागि ८ उद्योगका लागि एक अर्ब ५२ करोड ८ लाख ३८ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । जसबाट ८७३ जनालाई रोजगारी प्रस्ताव भएको छ ।