सि.बि.आई.एल क्यापिटलको नाम अब सिटिजन्स् क्यापिटल, नयाँ योजना सार्वजनिक


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
सि.बि.आई.एल क्यापिटलको नाम अब सिटिजन्स् क्यापिटल, नयाँ योजना सार्वजनिक

सि.बि.आई.एल. क्यापिटल लिमिटेडले आफ्नो नाम परिवर्तन गरी सिटिजन्स् क्यापिटल लिमिटेड कायम गरेको छ।  कम्पनीको चौथौ विशेष साधारण सभाले पारित निर्णय अनुसार क्यापिटलले आफ्नो नाम परिवर्तन गरेको हो ।

नयाँ नामसंगै नयाँ ढंगले ग्राहक वर्गमा विषेश योजनाहरु सहित प्रस्तुत हुन लागेको र संस्थाको नाम परिवर्तनले संस्थाको ब्रान्डिङलाई थप सशक्त बनाउने विश्वास क्यापिटलले व्यक्त गरेको छ। 

क्यापिटलका अनुसार नयाँ योजनाहरुमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहनु भएका नेपालीहरुलाई आईपिओ भरिदिने विशेष पिएमएस सेवा, डाक्टर पेशामा आवद्ध तथा अन्य पेशा÷क्षेत्रबाट सेवा निवृत व्यक्तित्वहरुलाई लक्षित गरी विभिन्न योजना साथै लगानी व्यवस्थापन सेवामा निश्चित प्रतिफल दिने योजनाहरु सार्वजानिक गरिएको छ । साथै नाम परिवर्तनको उपलक्षमा सो सेवा लिन चाहने पहिलो ५० ग्राहकहरुलाई वार्षिक संचालन शुल्कमा पचास प्रतिशत छुटको पनि व्यवस्था गरिएको  क्यापिटलले जनाएको छ। 

Read More