बिपिडब्लु लघुवित्तको आईपीओमा ११ लाख बढीको आवेदन, करिब १५२ गुणा बढी शेयर माग


  • Shangrila Ads
  • ADBL
बिपिडब्लु लघुवित्तको आईपीओमा ११ लाख बढीको आवेदन, करिब १५२ गुणा बढी शेयर माग

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा ११ लाख भन्दा बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०२ बजेसम्ममा ११ लाख १३ हजार ५८३ जना आवेदकबाट १ अर्ब २२ करोड ९३ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ९३ हजार ६५० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई छुट्टाएको ८० हजार ९५० कित्ता शेयरको १५१.८६ गुणा बढी हुन आउँछ ।

 

लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा बाँडफाँट गरिसकेको छ भने १ हजार ५०० कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणलाई बाँकी रहेको ८० हजार ९५० कित्ता शेयर मात्रै वितरण हुनेछ ।

Read More
  • KBL Ad