एनएमबि बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्ने अनुमति पाएकाे छ । बैंकले ॠणपत्र निष्कासन गर्ने प्रयाेजनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ ।
बैंकले “एनएमबि डिबेञ्चर २०८९/९०” काे नाममा वार्षिक १०.७५ प्रतिशत व्याजदर भएकाे १० वर्ष अवधिकाे लागि प्रतिकित्ता १००० मूल्य अंकित दरकाे ४ अर्ब रूपैयाँ बराबरकाे ४० लाख कित्ता डिबेञ्चर निष्कासन गर्न सेबाेनबाट फागुन १८ गते, बिहीबार अनुमति पाएकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।