४८ अर्बको बजेट ल्याउँदै प्रदेश–३


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
४८ अर्बको बजेट ल्याउँदै प्रदेश–३

हेटौंडा-प्रदेश–३ सरकारले आगामी आव २०७६-७७ को बजेट आज (आइतबार) सार्वजनिक गर्दैछ । चालू आवमा बजेट खर्च गर्न नसकिरहेको प्रदेश सरकारले आगामी आवमा बजेटको आकार बढाएर करिब ४८ अर्ब बनाएको बुझिएको छ । 
आर्थिक  मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभाको बैठकमा बजेट पेश गर्दै छन् । चालू वर्षमा पहिलोपटक पूर्ण बजेट प्रदेश सरकारले पहिलो अनुभवबाट पाठ सिक्दै उल्लेख्य खर्च गर्न सक्ने गरी बजेट बनाएको आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले बताए । “हामीले चालूवर्षमा कानुन निर्माण र कर्मचारी व्यवस्थापनमै अल्मल्लिँदा पूर्णरूपमा बजेट कार्यान्वयन गराउन सकेनौं, अबको बजेट कृषि र उद्योगलाई प्राथमिकतामा राखेर तयार गरेका छौं, अब बजेट खर्च गर्न कुनै ढिलासुस्ती हुँदैन,” उनले भने । आगामी वर्षको बजेटले भूगोल, जनसंख्या, आवश्यकता, वर्ग समुदाय र सामाजिक आर्थिक, सांस्कृतिक हिसाबले पछाडि परेका क्षेत्रलाई प्राथमिकता दिइने उनले बताए ।

Read More
  • MBL