बिपिडब्लु लघुवित्तको आईपीओमा माग भन्दा ८५.६८ गुणा बढी आवेदन पर्‍यो, कहिले सम्म आवेदन दिन सकिन्छ ?


  • Shangrila Ads
  • Siddhartha Bank
  • ADBL
बिपिडब्लु लघुवित्तको आईपीओमा माग भन्दा ८५.६८ गुणा बढी आवेदन पर्‍यो, कहिले सम्म आवेदन दिन सकिन्छ ?

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा माग भन्दा ८५ दशमलव ६८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रवार १ः३३ बजेसम्ममा ६ लाख २२ हजार ७२० जना आवेदकले ६९ लाख ३६ हजार ३० कित्ताका लागि आवेदन दिएका हुन । यो सर्वसाधारणमा निष्कासन गरेको शेयरको ८५ दशमलव ६८ गुणा बढी आवेदन हो । कम्पनीले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।कम्पनीले जारी पूँजी रू.३ करोड बराबरको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका रू. ९७ लाख  बराबरको ९७ हजार कित्ता शेयर आईपीओ विक्रीखुला गरेको हो । कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा यसअघि नै निष्कासन गरिसकिएको छ ।

Read More
  • KBL Ad