मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, भाग्यमानी ५ जनाले पाए ११ कित्ताका दरले शेयर


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, भाग्यमानी ५ जनाले पाए ११ कित्ताका दरले शेयर

फागुन १९ गते, शुक्रबार मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कायालय, कमलपोखरीमा आईपीओ बाँडफाँट भएको हो।

 

कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये १४ लाख १७ हजार ३४६ आवेदन स्वीकृत भएको छ भने ७ हजार ५ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रणालीबाट शेयर बाँडफाँट गरिएको छ। जसअनुसार २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी ५ जनाले भने थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

Read More