काठमाडौं : बिपिडब्लु लघुवित्तको आइपीओमा ३३ करोड ६४ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिन (फागुन १८ गते) सम्ममा ३ लाख २ हजार १४१ जनाले ३३ लाख ६४ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ४१.५६ गुणा बढी आवेदन हो । बिपिडब्लु लघुवित्तले सर्वसाधारण लगानीकर्तालाई आज (फागुन १८ गते) देखि आइपीओ बिक्री खुला गरेको हो ।