सिभिल बैंकबाट सीइओ सहित ८ जना उच्च तहका कर्मचारी बाहिरिए


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल बैंकबाट सीइओ सहित ८ जना उच्च तहका कर्मचारी बाहिरिए

सिभिल बैंकबाट प्रमुख कार्यकारी अधिकृत सहित ८ जना उच्च तहका कर्मचारी बाहिरिएका छन् । हिमालयन बैंकले सिभिल बैंकलाई गाभेर हिमालयन बैंकको नामबाट एकिकृत कारोबार गर्ने तयारी गरेसँगै सिभिलका ८ जना उच्च तहका कर्मचारीले स्वेच्छिक अवकाश सुविधा (भीआरएस) लिएर बाहिरिएका हुन् ।

भीआरएस लिएर बाहिरिनेमा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, प्रमुख कर्जा अधिकृत सुमन आचार्य, सूचना प्रविधि प्रमुख sagar पौड्याल, लेखा प्रमुख गोवर्धन अधिकारी, डिपोजिट एण्ड ट्रानज्याक्सन बैंकिंग म्यानेजर किरण प्रकाश पाण्डे, प्रमुख कार्यकारी अधिकृतको कार्यालयमा कार्यरत अभिजित श्रेष्ठ, एसएमई तथा माइक्रो बैंकिङका कन्ट्री हेड किरण खड्का र आइटी म्यानेजर रोशन ढकाल रहेका छन् ।  आज बुधबार बैंकले औपचारिक कार्यक्रम गरेर उनीहरुको विदाई गरेको छ । 

Read More
  • MBL - below news