कर्जा लिन पुग्नेलाई कर्मचारीले भन्न थाले, ‘साउन लागेपछि आउनुहोस्’


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कर्जा लिन पुग्नेलाई कर्मचारीले भन्न थाले, ‘साउन लागेपछि आउनुहोस्’

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा असार मसान्तको प्रभाव देखिन थालिसकेको छ । आक्रमक रुपमा कर्जा विस्तार गर्दै आएका ती संस्थाहरुले असार महिनाभरी कर्जा लगानीलाई भन्दा साँवा ब्याज असुलीलाई प्रथमिकता दिन थालेका छन् । ऋण लिन बैंक पुग्ने ग्राहकलाई बैंकका कर्मचारीले साउन लागेपछि सम्पर्क गर्न अनुरोध गर्न थालेका छन् ।

किसानलाई साउनमा रोपेको धान कात्तिक–मंसिरमा भित्र्याउने चटारोमा भएजस्तै बैंक तथा वित्तीय संस्थका कर्मचारी साँवा ब्याज उठाउने चटारोमा छन् । आर्थिक वर्षको अन्त्य हुन लागेकाले पनि बैंकहरुले अहिले लगानीभन्दा असुलीलाई प्राथमिकता दिन थालेका छन् ।

रहनेछ।

Read More
  • MBL