प्राथमिकता क्षेत्र कर्जाबारे राष्ट्र बैंकले छानबिन गर्दै


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्राथमिकता क्षेत्र कर्जाबारे राष्ट्र बैंकले छानबिन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषि, ऊर्जा तथा पर्यटनजस्ता प्राथमिकता क्षेत्रमा बैंकहरूबाट तोकिएबमोजिम न्यूनतम २५ प्रतिशत कर्जा लगानी भए/नभएको बारे छानबिन गर्ने भएको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ती क्षेत्रमा कुल कर्जाको १७ दशमलव १ प्रतिशत मात्र लगानी भएको तथ्यांक आएपछि राष्ट्र बैंकले छानबिन गर्ने भएको हो ।

ती क्षेत्रमा कम कर्जा लगानी भएको आशंकापछि बैंकहरूको वित्तीय विवरण जाँच र स्थलगत अनुगमन गर्न लागिएको राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले बताए । उनले भने, ‘कसैको सीमाभन्दा बढी पनि हुनसक्छ भने कसैको कम । यसको तथ्यांक हेरेर मात्र छानबिन गरी कारबाही गर्नेछौं ।’

Read More
  • MBL