पाँच संस्थालाई मर्जरमा जान स्वीकृति


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
पाँच संस्थालाई मर्जरमा जान स्वीकृति

नेपाल राष्ट्र बैंकले दुई विकास बैंक र तीन लघुवित्त कम्पनीलाई मर्जरमा जान स्वीकृति दिएको छ। केन्द्रीय बैंकले दुई विकास बैंकलाई अन्तिम तथा तीन वटा लघुवित्तलाई सैद्धान्तिक स्वीकृति दिएको हो। राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले सप्तकोशी डेभलपमेन्ट बैंक र कावेली विकास बैंकलाई अन्तिम स्वीकृति प्रदान गरेको हो। प्रादेशिक स्तरको बैंक बन्ने लक्ष्यसहित साउन १ गतेबाट संयुक्त कारोबार गर्ने दुई बैंकबीच गत माघ पहिलो साता सहमतिभएको थियो। दुई विकास बैंक एक बराबर एक शेयर रेसियो अनुपातमा मर्जरमा गएका हुन्। 

मर्जरपछि बन्ने सप्तकोशी डेभलपमेन्ट बैंक २८ वटा शाखा कार्यालय सहित प्रदेश १ को सबैभन्दा ठूलो विकास बैंक हुनेछ भने चुक्ता पूँजी ८१ करोड पुग्नेछ । बैंकको केन्द्रीय कार्यालय धनकुटामा र कर्पोरेट कार्यालय विराटनगरमा रहनेछ।

Read More
  • MBL