राजस्व बाँडफाँड कानुनबमोजिम


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
राजस्व बाँडफाँड कानुनबमोजिम

हेटौंडा-स्थानीय र प्रदेश सरकारबीच आपसी हार्दिकता, विश्वास र सुसम्बन्धलाई अझ सुदृढ र खँदिलो बनाउँदै दुवै सरकारको प्रभावकारिता अभिवृद्धि गर्ने सहमतिसहित प्रदेश ३ को दोस्रो प्रदेश समन्वय परिषद्को बैठक बिहीबार समापन भएको छ । प्रदेश राजधानी हेटौंडामा दुई दिनसम्म चलेको बैठकले ३७ बुँदे प्रतिवद्धतापत्र जारी गरेको हो । 
कानुनबमोजिम तोकिएका कर तथा गैरकर रकम विभाज्य कोष, प्रदेश सञ्चित कोष तथा स्थानीय सञ्चित कोषमा तोकिएबमोजिम समयमै जम्मा हुने प्रबन्ध मिलाउन स्थानीय तह र प्रदेश सरकारबीच समझदारी बनेको छ । त्यसैगरी प्रदेश र स्थानीय तहलाई संविधान तथा कानून बमोजिम प्राप्त अधिकार, साझा अधिकारका विषयमा करका किसिम, दर निर्धारण र संकलन प्रक्रिया निर्धारण गर्दा संविधानप्रदत्त अधिकारको हस्तक्षेप नगर्न पनि दुई पक्ष सकारात्मक भएका छन् ।

Read More
  • EBL