गुराँस लाइफका संस्थापकले नै किनेनन् हकप्रद शेयर


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
गुराँस लाइफका संस्थापकले नै किनेनन् हकप्रद शेयर

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले चुक्ता पूँजी बढाउन जारी गरेको पचास प्रतिशत हकप्रद शेयरमा संस्थापकहरुले नै आवेदन नगर्दा ठूलो कित्ता शेयर लिलामीमा आउने भएको छ । अरु बीमा कम्पनीहरुको संस्थापकहरुले आवेदन गर्ने तर सर्वसाधारणतर्फकाले आवेदन गर्न छुटाउने प्रवृत्ति रहेकोमा गुराँस लाईफमा भने विपरित देखिएको छ । कम्पनीले गत चैत २८ देखि जारी गरेको २ बराबर १ कित्ता अनुपातको हकप्रदमा २लाख ४० हजार ५७१ कित्ता संस्थापक शेयर अवितरित भएको छ भने सर्वसाधारण तर्फको यस्तो संख्या ८२ हजार पाँच कित्ता छ ।

Read More
  • MBL