बिलासी बस्तुको आयातमा कडाई गर्ने मन्त्रिपरिषदको निर्णय


Setopati 2076-2-29


Setopati

सरकारले बढ्दो ब्यापार घाटालाई साँघुरो बनाउनलाई बिलासी र महंगा वस्तुको आयातमा कडाई गर्ने र आन्तरिक उत्पादन बढाउने रणनीति बनाएको छ। मन्त्रिपरिषदबाट पारित भएको व्यापार घाटा रणानीतिले आयात नगरेपनि हुने खालका वस्तुमा कर तथा गुणस्तरको माध्यमबाट नेपाल ल्याउन कडाइ गर्ने र त्यस्तै वस्तुको स्वदेशमै उत्पादन गर्न प्रोत्साह गर्ने रणनीति लिएको छ।

इन्धनबाट चल्ने गाडी र तीनमा प्रयोग हुने पार्टपुर्जाको आयातमा कडाइ गर्ने उक्त रणनीतिमा उल्लेख गरिएको छ। यसका लागि भन्सार र अन्य करको साटो कर्जाबाट गर्ने रणनीति लिइएको छ। यो काम नेपाल राष्ट्र बैंकले गर्ने छ। निश्चित मूल्यभन्दा माथिका महंगा स्मार्टफोन,टिभीको आयातलाई पनि कडाइ गर्ने सरकारी रणनीति रहेको छ। यसका लागि भन्सार महसुल पुनरावलोकन गर्ने रणनीति लिइएको छ। यसका लागि अर्थ मन्त्रालयले काम गर्ने छ।

Read More
  • Financial Notices