कहरुको ऋणपत्रमा छैन पटक्कै आकर्षण, लगानीकर्ता सेयरमै किन हुन्छन् खुशी ?


Nepali Paisa 2076-2-29


Nepali Paisa

काठमाडौं : पछिल्लो समय वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र जारी गर्दै आएका छन् । ऋणपत्रलाई प्रथमिकतामा राख्दै नेपाल धितोपत्र बोर्डले कुल ऋणपत्रको ४०% सर्वसाधारणलाई जारी गर्नुपर्ने व्यवस्था पनि गरेको छ । तर, बैंकहरुले जारी गरेको ऋणपत्रमा सर्वसाधारणको खासै चासो भने देखिएको छैन । सर्वसाधारण मात्र नभई पछिल्लो समय म्युचुअल फन्डहरुले पनि ऋणपत्रलाई वास्ता गरेका छैनन् । बिक्री नसके पनि बैंकहरुले ऋणपत्र जारी गर्ने क्रम भने ह्वात्तै बढेको छ । आक्रामक पुँजी विस्तार गरेपछि सोही अनुपातमा दीर्घकालीन लगानी वृद्धि गर्न बैंकहरु ऋणपत्र बिक्री गर्ने बाटोमा लागेका हुन् । चालु आर्थिक वर्षमा मात्रै ९ वाणिज्य बैंकहरुले ऋणपत्र जारी गरिसकेका छन् । अझै ४ बैंकले ऋणपत्र जारी गर्ने तयारीमा जुटेका छन् । यी ४ बैंकले  नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र बेच्न अनुमति लिंदैछन् ।

यसमध्ये एनआइसी एसिया बैंकले चालु आवमै तेस्रो पटक ऋणपत्र जारी गर्न अनुमति मागेको छ । यता, नेपाल स्टक एक्चेन्ज (नेप्से) मा ऋणपत्र जारी गरेका कम्पनीहरु सूचीकृत भए पनि एकाध बाहेक कारोबार भने हुने गरेको छैन । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले ऋणपत्रहरु नेप्सेमा सूचीकृत भए पनि खरिदकर्ता र बिक्रीकर्ता नभेटिंदा कारोबार नभएको बताउँछन् । क्रेताबिक्रेतामा उत्साह नदेखिएको उनको भनाई छ । 

Read More
  • Financial Notices