बिग मर्जर हल्लाको कथा : ‘रहर, सपना र लहड’


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
बिग मर्जर हल्लाको कथा : ‘रहर, सपना र लहड’

गत वर्षदेखि नै नेपालको बैंकिङ क्षेत्रमा बिग मर्जरको चर्चा छ । राष्ट्र बैंकले गत वर्ष नै बिग मर्जर गर्ने योजना बनाएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो पहिलो बजेट मार्फत नै बिग मर्जरको कुरा अघि बढाउने हल्ला थियो । तर, बिग मर्जर जस्तो विषयमा हतारमा निर्णय गर्नु नहुने भन्दै सो विषयलाई स्थगित गरिएको थियो । अर्को बजेटको तयारी सुरु भएसँगै पुनः बिग मर्जरको चर्चा चुलियो । अन्ततः आर्थिक वर्ष २०७६।७७ को बजेटमा बिग मर्जरबारे नीतिगत व्यवस्था गरियो ।

नेपाल राष्ट्र बैंकले केही वर्ष अगाडी पुँजी वृद्धि र मर्जर तथा एक्विजिसनसम्बन्धी नीति वाणिज्य बैंकको संख्या घटाउने र गुणात्मक विकास गर्ने उद्देश्यले ल्याएको थियो । यद्यपि, उक्त नीतिको असर विकास बैंक र फाइनान्स कम्पनीहरुमा मात्रै देखियो । नेपालको अर्थतन्त्रअनुसार, १५।१६ वटा वाणिज्य बैंक काफी हुने निक्र्यौल निकाल्दै वाणिज्य बैंकहरुलाई जसरी पनि घटाउने पक्षमा सरकार देखिएको छ । यो विषयलाई राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेश गर्ने अनुमान सबैको छ । वाणिज्य बैंकहरु पनि माइन्ड मेकअप गर्न थालिसकेका छन्, एकआपसमा मर्जरका सम्भावनाबारे छलफल गरिरहेका छन् । खासगरी पूराना बैंकहरुले नयाँ बैंकलाई गाभ्ने पहल गरिरहेको बुझिएको छ ।

Read More
  • MBL