एलआईसी नेपालको हकप्रद बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट नियुक्त


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
एलआईसी नेपालको हकप्रद बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट नियुक्त

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) (LICN) लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ । 


कम्पनीले नेपाल एसविआई मर्चेण्ट बैंकिङ्गलाई हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८८.४५१६ प्रतिशतका अर्थात १ कित्ता बराबर ०.८८४५१ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैैयाँ रहेको छ । त्यसको ८८ प्रतिशत अर्थात २ अर्ब ३३ करोड ४८ लाख १६ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब ९८ करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

Read More