‘डिजिटल फष्ट बैंक’बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवर्द्धन गरिरहेको यस एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुर स्थित ताथलीमा अवस्थित काठमाडौँ क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ ।
सो सम्बन्धी समझदारी पत्रमा यस बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रो.डा. अन्जनीकुमार झाले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक एवं बैंकका कर्मचारीहरूले यो सेवा उपभोग गर्न सक्नेछन् ।