सहकारी अभियन्ताले सहकारी क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न साझा प्रयास परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागद्वारा मंगलबार यहाँ आयोजित कार्यक्रममा सहकारी अभियन्ताले सहकारीमा विकृति भित्रन नदिने र विकृति फैलाउनेलाई कानुनको दायरामा ल्याउन सबैले सहयोग गर्ने बचन दिएका हुन् ।
मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी अर्थतन्त्रको मुख्य क्षेत्र भएको र जनमानसमा यसप्रतिको विश्वास र भरोसालाई कायम राख्न सहकारीका सिद्धान्त र आदर्शलाई परिपालना गर्न आवश्यक रहेको बताए ।