तीन लाख कम्पनीमा पब्लिक एक प्रतिशत तल


  • Sunrise Bank Limited (SRBL)
  • KSBBL
Karobar Daily

नेपालमा करिब ३ लाख कम्पनी दर्ता भए पनि पब्लिक लिमिटेड कम्पनीको संख्या अत्यन्तै न्यून छ । सरकारी तथ्यांकअनुसार पुस मसान्तसम्ममा २ लाख ९९ हजार ७ सय ११ वटा कम्पनी दर्ता भएका छन् । यीमध्ये ९९.३७ प्रतिशत प्राइभेट लिमिटेड (प्रालि) का रुपमा दर्ता छन् भने ०.६३ प्रतिशतमात्र पब्लिक लिमिटेड छन् ।

कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार शेखरबाबु कार्कीका अनुसार पुस मसान्तसम्ममा २ लाख ९२ हजार ९ सय ३० प्राइभेट लिमिटेडका रुपमा कम्पनी दर्ता भएका छन् । यो अवधिसम्म पब्लिक लिमिटेडका रुपमा दर्ता हुने कम्पनीको संख्या १ हजार ८ सय ६१ मात्र छ । कम्पनी ऐन २०६३ अनुसार प्राइभेट लिमिटेडमा कम्तीमा एकजना र बढीमा एक सय जनासम्म सेयरधनी हुन पाउने व्यवस्था छ । ...

Read More
  • MBL
  • INDIAN Ad