मेष
आज मेष राशिलाई पहिले गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्ने, शेयरबजारबाट राम्रो फाइदा लिन सकिने र व्यवसायबाट पनि लाभ मिल्नेछ।
वृष
आज वृष राशिको नँया काम सुरु गर्ने विचार आउन सक्ने, पहिले गरिएका प्रयासहरु सफल भएर मन प्रसन्न रहन सक्छ। शेयर कारोबारबाट मध्यम प्रतिफल मिल्न सक्छ।
मिथुन
आज मिथुन राशिलाई बौद्धिक कामबाट लाभ हुने, सामाजिक धार्मिक र परोपकारिक क्षेत्रबाट पनि राम्रो फाइदा लिन सकिनेछ। शेयर बजारबाट सामान्य लाभ हुन सक्छ।
कर्कट
आज कर्कट राशि भएका व्यक्तिहरुको काममा प्रयास गर्दा पनि सोचे जस्तो प्रगति नहुने, व्यवसायमा सामान्य घाटा हुन सक्छ। शेयर कारोबारबाट उचित लाभ नमिल्न सक्छ।
सिंह
आज सिंह राशिको लामो समयदेखि रोकिएका कामहरु बन्ने, आर्थिक क्षेत्र सबल हुने, साथीभाई र सहकर्मीबाट सहयोग मिल्न सक्छ। शेयर कारोबारबाट पनि मध्यम लाभ लिन सकिन्छ।
कन्या
आज कन्या राशिलाई आर्थिक लेनदेन र पहिले गरिएका लगानीबाट लाभ लिन सकिने र नँया लगानी पनि हुन सक्छ। शेयर बजारबाट लाभ लिन सक्ने समय छ।
तुला
आज तुला राशिलाई बौद्धिक क्षेत्रबाट फाइदा, काम वा व्यवसायमा सुधार तथा शेयर कारोबारबाट मध्यम लाभ मिल्न सक्ने समय रहेको छ।
वृश्चिक
आज वृश्चिक राशिले प्रयास गर्दा पनि उचित सफलता हासिल नहुने, कामले गर्दा मानसिक तनाब बढ्ने र खर्च अनियन्त्रित हुन सक्छ। शेयर कारोबारबाट पनि घाटा हुन सक्छ।
धनु
आज धनु राशिलाई नँया लगानीको लागि उचित समय छ भने चलिरहेका काम र व्यवसाय पनि राम्रो गतिमा अगाडि बढ्न सक्छ। शेयर बजारबाट पनि राम्रो लाभ लिन सकिन्छ।
मकर
आज तपाईंको लेनदेन रहेको समस्या हट्ने र रोकिएका कामहरु बन्नुका साथै शेयर कारोबारबाट पनि लाभ हुन सक्ने समय छ।
कुम्भ
आज कुम्भ राशिका व्यक्तिहरुको काममा पहिले गरिएका प्रयासहरु सफल हुने, खर्च नियन्त्रण हुने र मानसम्मानको प्राप्ति हुन सक्छ। शेयरबाट लाभ लिन सक्ने समय छ।
मीन
आज तपाईंलाई सामान्य लापरवाहीले पनि ठुलो हानी पुर्याउन सक्ने, राम्रोसँग सोचविचार नगरि गरेको लगानी डुब्न सक्ने रहेको छ।
________________
साप्ताहिक राशिफल (माघ ८ गतेदेखी १४ गतेसम्म)
मेष
मेष राशि हुनेहरुको लागि यो साताको सुरुमा नया कामको सुरुवात वा गरिरहेको काममा प्रगति, व्यवसायको क्षेत्र विस्तार, काममा सोचेअनुरुप सफल मिल्न सक्ने छ भने साताको बीचमा आम्दानी बढ्न सक्ने , कमाउने नया तरिका मिल्न सक्ने, शेयर बजार तथा अन्य ठाउँको लगानीबाट फाइदा हुन सक्ने, रोकिएको धन प्राप्त हुन सक्ने रहेको छ। साताको अन्त्यमा खर्च बढ्न सक्ने, व्यवसायमा घाटा हुन सक्ने, जागिरमा गरेको कामबाट उचित जस नमिल्नेरहेको छ।
वृष
वृष राशि हुनेहरुको लागि यो साताको सुरुवातको समयमा सामाजिक क्षेत्रबाट समस्या उत्पन्न हुन सक्ने, भाग्यले उचित साथ नदिने रहेको छ । साताको मध्यमा कामको क्षेत्र राम्रो रहन सक्ने र काममा उन्नति प्रगति हुन सक्ने, नँया जिम्मेवारी मिल्न सक्ने, व्यवसाय बढ्न सक्ने रहेको छ। साताको अन्त्यमा आर्थिक लाभ मिल्न सक्ने र लगानी गरेका ठाउँबाट राम्रो लाभ लिन सक्ने रहेको छ।
मिथुन
मिथुन राशि हुनेहरुको लागि यो साताको सुरुको समयमा स्वास्थ्यमा समस्या आउनाले र अनावश्यक बिवादमा फस्नाले काम वा व्यवसायको क्षेत्रमा समस्याको सामना गर्नुपर्ने हुन सक्छ। साताको बीचको समयमा सामाजिक र रचनात्मक कामहरु सम्पन्न हुन सक्ने र मानसम्मान प्राप्त हुन सक्ने रहेको छ। साताको अन्त्यमा काममा प्रगति हुन सक्ने र व्यवसायमा सफलता मिल्न सक्ने रहेको छ।
कर्कट
कर्कट राशि हुनेहरुको लागि साताको सुरुमा आर्थिक क्षेत्रको विस्तार हुन सक्ने, काममा नँया अवसर मिल्न सक्ने, परिवारको सहयोग मिल्न सक्ने रहेको छ। साताको बीचमा खर्च बढ्न सक्ने, अरुको बिवादमा फस्न सकिने, काममा रोकावट आउन सक्ने रहेको छ। साताको अन्त्यको समयमा काम वा व्यवसायमा प्रशासनिक समस्या आउन सक्ने रहेको छ।
सिंह
सिंह राशि हुनेहरुको लागि यो साताको सुरुको समयमा आयमा वृद्धि, व्यापार वा व्यवसायबाट पर्याप्त लाभ हुन सक्ने रहेको छ। साताको बीचमा व्यवसायबाट सफलता मिल्न सक्ने र धनको आगमनमा वृद्धि हुन सक्ने सम्भावना रहेको छ। साताको अन्त्यको समयमा बन्न लागेको काम बिग्रिन सक्ने, अनाबश्यक खर्च हुन सक्ने समय रहेको छ।
कन्या
कन्या राशिको लागि यो साता मानसम्मान प्रतिष्ठा बढ्न सक्ने, रोकिएका कामहरु सुचारु हुन सक्ने, नँया लगानीको लागि उचित वातावरण बन्न सक्ने, सहकर्मीको सहयोगले काम सफल हुन सक्ने छ। साताको अन्तिम दिनमा भने खर्च बढ्न सक्ने र काममा ढिलासुस्ति हुन सक्छ।
तुला
तुला राशि हुनेहरुको लागि यो साताको सुरुमा काम वा ब्यबसायबाट हानी हुन सक्ने, अनाबश्यक खर्च बढ्न सक्ने रहेको छ। साताको मध्यमा काम वा व्यवसायमा राम्रो सुधार हुन सक्ने, बौद्धिक क्षेत्रका व्यक्तिको सहयोग मिल्न सक्ने रहेको छ। साताको अन्त्यमा काममा सुधार हुने, धनको आगमन बढ्न सक्ने, प्राप्त गर्न बाँकि रहेको धन प्राप्त हुन सक्ने समय रहेको छ।
वृश्चिक
वृश्चिक राशि हुनेहरुको लागि यो साताको सुरुमा आम्दानी बढ्न सक्ने, ब्यबसायबाट राम्रो लाभ हुन सक्ने रहेको छ। साताको बीचको समयमा व्यावसायबाट नोक्सानीको सामना गर्नुपर्ने, बन्न लागेको काम बिग्रिन सक्ने रहेको छ। साताको अन्त्यमा लाभदायक यात्रा हुन सक्ने, शैक्षिक क्षेत्र र वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्ने रहेको छ।
धनु
धनु राशि हुनेहरुको लागि साताको सुरुमा सापटी लागेको धन फिर्ता नहुने, अनावश्यक आर्थिक झमेला हुन सक्ने रहेको छ। साताको मध्यमा व्यापार वा व्यवसायको क्षेत्र विस्तार हुन सक्ने र आम्दानी बढ्न सक्ने, कामको माध्यमबाट मानसम्मान प्राप्त हुन सक्ने रहेको छ। साताको अन्त्यमा काम वा व्यवसाय र आर्थिक क्षेत्र सामान्य रहन सक्ने रहेको छ तर नँया काम वा लगानीको लागि उचित समय छैन।
मकर
मकर राशि हुनेहरुको लागि यो साताको सुरुमा सामाजिक वा कामको क्षेत्रबाट मानसम्मान मिल्न सक्ने, प्रशासनिक कामहरु बन्न सक्ने, साथीभाईको सहयोग मिल्न सक्ने रहेको छ। साताको मध्यमा आर्थिक समस्याले सताउन सक्छ । साताको अन्त्यको समयमा धनको आगमन बढ्न सक्ने, व्यवसायमा उचित लाभ हुन सक्ने, लगानी गरेको ठाउँबाट राम्रो फाइदा हुन सक्ने रहेको छ।
कुम्भ
कुम्भ राशि हुनेहरुको लागि यो साताको सुरुका दिनमा स्वास्थ्यमा समस्या आउन सक्ने र काममा बाधाको सामना गर्नुपर्ने हुन सक्ने रहेको छ। साताको मध्य र अन्त्यको समयमा मानसम्मान बढ्न सक्ने, आर्थिक क्षेत्रमा राम्रो सुधार हुन सक्ने, काममा प्रगति हुन सक्ने, व्यापार व्यवसायमा सोचेको जस्तो प्रगति हुन सक्ने रहेको छ।
मीन
मीन राशि हुनेहरुको लागि यो साताको सुरुमा काम वा व्यापार व्यवसायमा राम्रो धन कमाउन सक्ने, रोकिएका लेनदेन मिल्ने, नँया लगानीको अवसर मिल्ने रहेको छ । साताको मध्यमा काममा विवाद र वाधाको सामना गर्नुपर्ने, व्यवसायलाई सोचेजस्तो राम्रोसँग अगाडि बढाउन नसकिने रहेको छ। साताको अन्त्यमा आर्थिक क्षेत्रमा प्रगति हुन सक्ने र आम्दानीको नया बाटो मिल्न सक्ने सम्भावना रहेको छ।
_________
माघ महिनाको मासिक राशिफल
मेष
मेष राशि हुनेहरुको लागि माघ महिना राम्रो रहन सक्छ । सुख र आनन्दको प्राप्तिका साथै राम्रो अन्न र वस्त्रको लाभ हुन सक्ने समय रहेको छ। साथीभाई तथा परिवारबाट सहयोग मिल्नुका साथै रमाइलो समय बिताउने गर्ने पनि वातावरण बन्न सक्छ। काममा पदोन्नति र नँया अवसरहरु मिल्न सक्छ भने व्यवसायबाट राम्रो लाभ र सफलता मिल्न सक्नेछ। शत्रुहरुमाथि विजय प्राप्त हुनेछ।
वृष
वृष राशि हुनेहरुको लागि माघ महिना सामान्य रहनेछ । काम वा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्न सक्ने समय छ। पारिवारिक सहयोग मिल्नेछ । छोटो यात्रा हुन सक्नेछ। काम वा व्यवसायमा भने केहि सामान्य अवरोध आउन सक्ने सम्भावना छ। अनावश्यक विबादमा फस्न सक्ने सम्भावना भएकाले गर्दा बोल्दा विचार पुर्याउनुपर्ने देखिन्छ।
मिथुन
मिथुन राशि हुनेहरुको लागि माघ महिना सामान्य रहनेछ । काममा अवरोध र व्यवसायमा घाटाको सामना गर्नुपर्ने हुनसक्छ भने विश्वास गरेकाहरुबाट पनि धोका हुन सक्ने भएकाले उचित ध्यान दिनुपर्नेछ। नँया काम सुरु गर्न वा लगानीको लागि उचित समय रहेको छैन र पुरानै काममा अलिक धेरै मेहेनत गर्नुपर्ने रहेको छ।
कर्कट
कर्कट राशि हुनेहरुको लागि माघ महिना मध्यम रहनेछ । काममा वा व्यवसायबाट सोचेको जस्तो आम्दानी गर्न सकिएला। आर्थिक क्षेत्रमा रहेका बाधाहरु पनि हट्नेछन् । परिवार वा आफन्तमा विवाद हुन सक्ने र शारीरिक अस्वस्थता हुन सक्ने रहेकाले गर्दा ध्यान दिनुपर्ने रहेको छ। विद्यार्थीले पढाईमा उचित ध्यान दिनुपर्ने समय छ।
सिंह
सिंह राशि हुनेहरुको लागि माघ महिना राम्रो रहन सक्नेछ । नयाँ कामको सुचारु गर्ने अवसर हरु पनि रहेका छन्। व्यापार व्यवसायमा राम्रो उन्नति हुन सक्ने र नोकरीमा पदोन्नति मिल्न सक्ने सम्भावना पनि रहेको छ। स्वास्थ्य सम्बन्धि समस्या आउनाले समस्या हुन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्ने छ। समग्रमा तपाईको माघ महिना राम्रो देख्न सकिन्छ।
कन्या
कन्या राशि हुनेहरुको लागि माघ महिना सामान्य रहनेछ। पराक्रममा वृद्धि र शत्रु माथि विजय प्राप्त हुन सक्ने रहेपनि काममा अवरोधको सामना गर्नुपर्ने हुन सक्ने भएकाले अलिक धेरै मेहनत गर्नुपर्ने छ। खर्चमा पनि केहि वृद्धि हुन सक्छ। पढाईमा मेहनत गर्दा चाहेको नतिजा निकाल्न सकिनेछ।
तुला
तुला राशि हुनेहरुको लागि माघ महिना राम्रो नै रहनेछ । आर्थिक क्षेत्रमा गरिएको मेहनतको राम्रो परिणाम मिल्न सक्नेछ। व्यवसायमा वृद्धि हुनेछ। शारीरिक असक्ततताले गर्दा भने काममा पूर्ण रुपमा ध्यान नजान सक्छ। शत्रुहरुले काममा समस्या गर्न सक्ने भएकाले ध्यान दिनुपर्ने छ। विद्यार्थीको पढाईको क्षेत्र सामान्य रहन सक्छ। शेयर बजारबाट उचित परिणाम नमिल्न सक्ने समय रहेको छ।
वृश्चिक
वृश्चिक राशि हुनेहरुको लागि माघ महिना राम्रो रहनेछ ।आर्थिक क्षेत्रमा सुधार हुनका साथै आम्दानीमा पनि वृद्धि हुनेछ । रोकिएका आर्थिक कारोबारहरु सफल हुनेछन। काममा ध्यान दिन नसक्दा समस्या आउन सक्ने भएकाले काममा लगनशील भएर लाग्नुपर्नेछ।
धनु
धनु राशि हुनेहरुको लागि माघ महिना राम्रो रहनेछ । आम्दानी का नया स्रोत खुल्ने छन् । नोकरीमा पदोन्नति र व्यवसायमा सफलता र प्रगति हुन सक्ने र नया कामको सुरुवात हुन सक्ने समय रहेको छ । राज्य वा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्न सक्ने रहेको छ। आम्दानीमा वृद्धि हुन सक्ने समय रहेको छ।
मकर
मकर राशि हुनेहरुको लागि माघ महिना मध्यम छ । आम्दानी र खर्च बराबर हुन सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्ने छ। व्यवसायमा प्रगति गर्न सक्ने र नोकरीमा पनि उन्नति हुन सक्ने समय रहेको छ। नयाँ कामको थालनी गर्न सक्ने योग रहेको छ। पारिवारिक सहयोग पनि मिल्न सक्छ।
कुम्भ
कुम्भ राशिको लागि माघ महिना राम्रो हुनेछ । व्यवसायको क्षेत्र विस्तार हुनुका साथै नया लगानी मिल्न सक्छ। राम्रो सोचविचार र उचित मेहनतले काम गर्दा सोचेअनुसारको सफलता मिल्न सक्नेछ। आर्थिक क्षेत्रमा पनि प्रगति हुन सक्ने र सन्तुस्टि मिल्न सक्ने छ। खर्च बढ्न सक्ने पनि रहेकाले सचेत रहनुपर्नेछ।
मीन
मीन राशिको लागि माघ महिना राम्रो छ । आर्थिक क्षेत्रमा रहेका बाधाहरु हट्नुका साथै आम्दानीमा वृद्धि हुन सक्ने रहेको छ। गरेका कामहरुबाट सफलता मिल्न सक्नेछ भने काममा नया अवसरहरु पनि मिल्न सक्ने समय छ। व्यवसायको वृद्धि हुनुका साथै उचित लाभ पनि मिल्न सक्ने समय छ ।