बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको साना कर्जाको किस्ता असुलीमा पनि समस्या देखिन थालेको बैंकरहरूले बताएका छन्।
मंगलबार नेपाल बैंकर्स एसोसिएसनले आयोजना गरेको चालु आर्थिक वर्षको ६ महिना अवधिमा बैंकिङ क्षेत्रको अवस्था विषयक अन्तर्क्रियामा बैंकरहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
'सम्भवतः इतिहासमै पहिलो पटक वाणिज्य बैंक नोक्सानमा गएको अवस्था समेत देखिएको छ,' नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, 'अहिले साना तथा मझौला कर्जाहरूको समेत ऋण असुल नहुने अवस्था आएको छ।'