स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच सम्झौता


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) तथा माछापुच्छ्रे बैंकबीच एससिटी युपिआई डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ।

सम्झौता पत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदीले हस्ताक्षर गरेका हुन्।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको कम्पनीले बताएको छ।

Read More
  • MBL