स्वावलम्बन लघुवित्तले मनायाे २२ औं वार्षिकोत्सव


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
स्वावलम्बन लघुवित्तले मनायाे २२ औं वार्षिकोत्सव

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २२ औं वार्षिकोत्सव एक समारोह बीच काठमाडौंमा सम्पन्न भयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको सभापतित्व संचालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गले गरेकी थिइन् । 

वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउँदै आएको र यस पटक पनि विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी वार्षिकोत्सव समारोहको आयोजना गरेको छ ।

समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रुपमा सदस्यलाई लघुवित्त सेवा पुर्याएको र २२ औ वार्षकोत्सवले थप उर्जाका साथ कार्यक्षेत्रमा लाग्न शुभकामना दिए । लघुवित्तले सदस्य तथा विपन्न परिवारको आर्थिक सामाजिक अवस्थालाई सुधार गरेका प्रसस्त उदाहरण हुँदाहुँदै पनि  हाल लघुवित्त सम्बन्धमा देखिएका गैर कानूनी र नीति विपरितका गरिविधिले समस्याको समाधान नहुने र सदस्यलाई अझै अप्ठ्यारोमा पारेको उनले बताए ।  लघुवित्त संस्थाहरुको संख्या वृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धा वृद्धि भएकोले गुणस्तरीय सेवा प्रवाहका लागि लघुवित्त संस्थाहरु २०–२५ वटामा ल्याई गुणस्तरीय र दीगो सेवा प्रभावकारी ढंगले प्रवाह गर्न सुझाव दिए । 

Read More