वैदेशिक रोजगारीमा गएका नेपाली र सर्वसाधारणमा आईपीओ विक्री गर्दै आत्मनिर्भर लघुवित्त


  • Shangrila Ads
  • Siddhartha Bank
  • ADBL
वैदेशिक रोजगारीमा गएका नेपाली र सर्वसाधारणमा आईपीओ विक्री गर्दै आत्मनिर्भर लघुवित्त

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ जारी गर्ने मिति तय गरेको छ ।

कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

कुल कित्ता शेयरमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विक्री गर्नेछ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी १ लाख ६९ हजार ७५५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । 

सर्वसाधारणमा निष्कासन गरिने कुल कित्ता आईपीओमध्ये माघ १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूमा विक्री गर्न लागेको छ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले फागुन १ गतेसम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आईपीओ विक्री पछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ सार्वजनिक निष्कासनमा ल्याउनेछ । सर्वसाधारणमा फागुन ११ गतेदेखि आईपीओ विक्री गर्ने मिति कम्पनीले तय गरेको छ ।  सर्वसाधारणमा आईपीओ विक्री खुला हुने मिति छिटोमा फागुन १५ गतेसम्मका लागि तोकिएको छ ।

Read More
  • KBL Ad