प्रभु बैङ्कका अध्यक्ष सिटौलाले लिए गभर्नर अधिकारसमक्ष सपथ, आजैदेखि सम्हाले जिम्मेवारी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
 प्रभु बैङ्कका अध्यक्ष सिटौलाले लिए गभर्नर अधिकारसमक्ष सपथ, आजैदेखि सम्हाले जिम्मेवारी

काठमाडौँ / प्रभु बैङ्क लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिला प्रकाश सिटौलाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बिहीबार एक कार्यक्रमकाबीच सिटौलाले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । साथै उनले आजै बैङ्कको सञ्चालक समितिको २८०औँ बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् । 

बैङ्कको स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त भएका उनलाई मिति पुस २६ गते बसेको बैङ्कको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा चयन गरेकोथियो । 

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गरेका अध्यक्ष सिटौलाले नेपालको बैङ्किङ्ग क्षेत्रमा लामो कार्यानुभव सङ्गालेका छन् । उनी नेपाल राष्ट्र बैङ्कमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भएका थिए । 

Read More
  • MBL