काठमाडौं । एनएमबि लघुवित्तले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई सो लाभांश दिने निर्णय गरको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांशमा बोनस सेयर १० प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीको हालको चुक्ता पूँजी ६५ करोड ५८ लाख ६२ हजार रहेको छ । ...