प्राइम कमर्सियल बैंकबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले २ करोड १० लाख १५ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् ।
मानन्धरले तलब बापत् १ करोड ८० हजार रुपैयाँ, भत्ताबापत् ८५ लाख ८७ हजार रुपैयाँ, दशै भत्ताबापत् १४ लाख रुपैयाँ र सञ्चय कोषबापत् १० लाह ८७ हजार गरी कुल २ करोड १० लाख १५ हजार रुपैयाँ पारिश्रमिक बुझेका हुन ।
बैंकले सञ्चालकलाई ३० लाख ३० हजार रुपैयाँ बैठक भत्तास्वरुप र १६ लाख ९६ हजार ३ सय २ रुपैयाँ टेलिफोन, मोबाइल पत्रपत्रिका तथा अन्य खर्च स्वरुप प्रदान गरेको छ ।
त्यस्तै प्रमुख कार्यकारी बाहेक अन्य पदाधिकारीलाई तलब बापत् ६६ लाख ८५ हजार ८ सय रुपैयाँ, भत्ताबापत् ५४ लाख ३२ हजार ४ सय ८७ रुपैयाँ, दशै भत्ता बापत् ९ लाख ७ हजार १ सय ५० रुपैयाँ प्रदान गरेको छ ।
यसबाहेक बैंकका उच्च पदस्थ कर्मचारीलाई ड्राइभरसहितको गाडी सुविधा प्रदान गर्नुका साथै त्यसमा लाग्ने इन्धन खर्च समेत बैंकले व्यहोर्ने गरेको छ । उच्च पदस्थ कर्मचारीले मोबाइल सुविधा समेत पाउने गरेको बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।