प्रभु बैंकमा विलय भयो सेञ्चुरी, चुक्ता पुँजी २३ अर्ब नाघ्यो


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्रभु बैंकमा विलय भयो सेञ्चुरी, चुक्ता पुँजी २३ अर्ब नाघ्यो

काठमाडौँ — सेञ्चुरी कर्मसियल बैंकलाई प्राप्ति गरेपछि मंगलबारदेखि प्रभु बैंकले एकीकृत कारोबार थालेको छ । सेञ्चुरी बैंक औपचारिक रुपमा प्रभुमा विलय भएको छ । एक्विजिसन पछि प्रभु बैंक लिमिटेडकै नामबाट नयाँ बैंक सञ्चालनमा आएको छ । नयाँ बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अशोक शेरचनले नै पाएका छन् ।

नयाँ बैंकको चुक्ता पुँजी २३ अर्ब रुपैयाँ नाघेको छ । यस्तै, निक्षेप २ खर्ब ४८ अर्ब र कर्जा प्रवाह २ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । करिब ३० लाख ग्राहक संख्या रहेको नयाँ बैंकले ३ सय ६५ वटा शाखा, ३ सय ९ एटीएम र ७२ एक्स्टेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रवाह गर्नेछ । आगामी दुई वर्षमा बैंक सबै पक्षबाट अझ सबल र सुदृढ हुने प्रमुख कार्यकारी अधिकृत शेरचनले बताए ।

Read More
  • MBL