काठमाडौं / समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने भएको छ ।
कम्पनीले सोमवार एक सूचना नेप्सेमा जारी गर्दै साधारण सभा पुस मसान्तभित्र गर्न नसक्ने जानकारी दिएको हो ।
कम्पनीले गत आव २०७८/७९ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतीको प्रक्रियामा रहेको हुँदा पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसकिने जानकारी गराएको हो ।
साथै कम्पनीले आव २०७८/७९ को वार्षिक साधारण सभा चैत मसान्तसम्म सम्पन्न गर्ने जनाएको छ ।