सूर्यज्योति लाइफले पायो आईएसओ गुणस्तर चिन्ह


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सूर्यज्योति लाइफले पायो आईएसओ गुणस्तर चिन्ह

काठमाडौँ / युनाइटेड रजिस्ट्रार अफ सिस्टम (युआरएस)ले सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई आइएसओ गुणस्तर चिन्ह प्रदान गरेको छ । 

युआरएसले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरिक्षण सम्पन्न गरी आईएसओ ९००१ः२०१५ द्वारा सूर्यज्योति लाइफलाई मान्यता प्रदान गरेको हो । 

उक्त मापन कम्पनीको व्यावस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राहि माझ पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको युआरएस जनाएको छ । 

सूर्यज्योति लाइफले ई.सं. २०२३ जनवरी ४ मा आधिकारीक गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गरेको हो । यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरे पश्चात आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमीतहरुलाई सेवा सुविधामा थप सवल र सहज पार्दे जाने कुरामा बिश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए । 

Read More
  • MBL - below news
  • EBL Ad news