एलोइ र एनएमबि बैंकबीच सहकार्य


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
एलोइ र एनएमबि बैंकबीच सहकार्य

एलोइ प्रालि र एनएमबि बैंकबीच डिजिटल फाइनान्सिङको लागि रणनीतिक साझेदारी भएको छ । नेपालमा विद्युतीय सवारी क्षेत्रमा काम गरिरहेका उद्यमीलाई ‘एलोइ डिजिटल लोन ट्रयाकिङ सिस्टम’ मार्फत फाइनान्स सेवा पुर्‍याउने सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एलोइका सह-सञ्चालक सोनिका मानन्धरले हस्ताक्षर गरेका छन् । योसँगै कम्पनीहरूले भविष्यमा कृषि एवम् हरित ऊर्जामा वित्तीय लगानी गर्नेछन् । एलोइले विगत लामो समयदेखि उद्यमीलाई फाइनान्सिङमा मद्दत गर्दै आएको छ । एनएमबि बैंकले भने २६ वर्षदेखि नेपालमा बैंकिङ क्षेत्रको विभिन्न क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ ।

Read More