काठमाडौं / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ ।
कम्पनीको हिजो पुष १४ गते बिहिबारको अन्तिम कायम रहेको शेयर मुल्य २३८० रुपैयाँको आधारमा नेप्सेले २५ प्रतिशत बोनश शेयर वितरण पछिको शेयर मूल्य १९०४ रुपैयाँ कायम गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । हिजो पुष १४ गते बिहिबार नेप्सेले कायम गरेको सोही मूल्यकै आधारमा अब आइतबार कारोबार खुल्नेछ ।