काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मंसिर २८ गते देखि ४.२१०५% नगद लाभांश (कर सहित) जम्मा गर्न सुरु गरेको जनाएको छ ।
यता, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खातामा बैंक खाता र प्यान नंम्बर अपडेट गर्न भनेको छ । त्यसपछि बैंकले वितरण गरेको लाभांश पाइनेछ । यस बैंकको मंसिर १० गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई जम्मा ४.२१०५% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।