नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।
बैंककाे १३.३० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ३ रूपैयाँ ६२ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य ३ सय ४४ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा पुस २५ गते बिहान ११ बजेदेखि ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, मणिग्राम रुपन्देहीमा संचालन गर्ने निर्णय गरेको छ ।