नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ कम्पनीकाे काराेबार राेक्का गरेकाे छ । नेप्सेले कालिका पावर र मल्टीपर्पस फाइनान्सकाे काराेबार राेक्का गरेकाे हाे ।
दुवै कम्पनीले लाभांश र साधारण सभाकाे जानकारी धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ) बमोजिम नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेले जनाएकाे छ ।








