सिभिल बैङ्कद्वारा ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सञ्चालन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल बैङ्कद्वारा ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सञ्चालन

काठमाडौँ / सिभिल बैङ्क लिमिटेडले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सञ्चालन गरेको छ । ‘समृद्धिको लागी सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेको बैङ्कले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको हो । 

जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैङ्क, जनकपुरका निर्देशक निरा ताल्चा भडँेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका तर्फबाट सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डेय, फोन–पेका मधेश प्रदेश प्रमुख पशुपति मिश्रा, सिभिल बैङ्कका मधेश प्रदेश प्रमुख विश्वासराज अर्याललगायत बुद्धिजीवीहरू, टेम्पु व्यवसायीहरू र विभिन्न कलेजका विद्यार्थीहरूहरूको बाक्लो उपस्थिति थियो ।

प्रमुख अतिथि तथा जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहद्वारा टेम्पो व्यवसायी श्रीनारायण मण्डललाई क्यू आर कोड हस्तान्तरण गरी सो अभियानको शुरूवात गरिएको हो ।

Read More
  • MBL - below news