विदेशमा भएका ११ सय ४७ नेपालीले कालिन्चोक दर्शनको आइपीओ भरे, कति कित्ताको लागि पर्यो आवेदन ?


  • Sunrise Bank Limited (SRBL)
  • KSBBL
Nepali Paisa

काठमाडौं : कालिन्चोक दर्शनले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३ करोड ९२ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंसिर १९ गते) सम्म ११ सय ४७ जनाले ३ लाख ९२ हजार ६८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ३.६३ गुणा बढी आवेदन हो । 
 

कालिन्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ६० करोडको २% ले हुने १ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको हो । तसर्थ, स्थानीयले १ लाख २० हजार कित्ता आइपीओका लागि आवेदन दिन सक्नेछन् ।

Read More
  • MBL
  • INDIAN Ad