नेशनल लाईफ इन्स्योरेन्सको ३४औं वार्षिक साधारणसभा सम्पन्न


  • KBL News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेशनल लाईफ इन्स्योरेन्सको ३४औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं ।  कम्पनीको ३४औं वार्षिक साधारण सभा मंसिर १८ गतेका दिन कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को लागि चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्ने र सो बोनस सेयर वापतको कर प्रयोजनको लागि रु.३ करोड १८लाख ५६ हजार ५ सय १२ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले यहि २०७९ साल चैत्र मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अर्ब पुर्याउनु पर्ने वाध्यात्मक व्यवस्था गरेकोमा हालको पारित भएको बोनस सेयर लाभांशबाट कम्पनीको चुक्ता पूँजी रु.४ अर्ब ६४ करोड ०४ लाख ३१ हजार ८ सय ७५ रुपैयाँ पुगेको छ र बाँकि रहने चुक्ता पूँजी आगामी दिनमा तोकिएको समय भित्र सहज रुपमा पुग्ने स्थिति छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad