काठमाडौं । नेप्सेले २ लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । आइतवार नेप्सेले धौलागिरि लघुवित्त र खत्तड लघुवित्त शेयर कारोबार रोक्का गरेको हो ।
यी दुई लघुवित्त आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै नेप्सेले लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । दुबै संस्थाले आइतवार बिहान मर्जर समबन्धि सम्झौता पत्रमामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार मर्जर पश्चात बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त नै रहने भएकाे छ ।उक्त सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्।