चर्को ब्याजदरविरुद्ध पश्चिम नेपालका उद्योगी-व्यवसायी आन्दोलित


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
चर्को ब्याजदरविरुद्ध पश्चिम नेपालका उद्योगी-व्यवसायी आन्दोलित

बैंक तथा वित्तिय संस्थाले बढाएको चर्को ब्याजदरले उद्योग, ब्यवसाय धरासायी बनेको भन्दै पश्चिम नेपालका उद्योगी, ब्यवसायीहरु आन्दोलित भएका छन्। कोहलपुर उद्योग वाणिज्य संघको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समितिले संयुक्त रुपमा आन्दोलन कार्यक्रम तय गरेका हुन्।  

तीन वटा प्रदेशका उद्योगी, ब्यवसायीले संयुक्त रुपमा कोहलपुरमा विरोध प्रर्दशन गरेका छन्। आन्दोलन अन्तरगत यही मंसिर २७ गतेका दिन ७ वटै प्रदेशका अध्यक्ष र काठमाडौँमा उपलब्ध केन्द्रिय सदस्यहरुको बैठक बसेर आन्दोलनबारे आवश्यक निर्णय गर्ने भएका छन्। यस्तै पुस १ गतेका दिन मंसिर २७ गते तय भएका विरोध कार्यक्रम अगाडी बढाउन सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई आव्हान गर्ने, महासंघमा धर्ना दिने र अगाडी बढ्ने निर्णय पनि गरिएको छ।  

Read More
  • MBL