काठमाडौं । सिभिल बैंकले शनिबारदेखि बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे वमोजिम डिजिटल सुदुरपश्चिमको थालनी सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ ।
धनगढीमा आयोजित डिजिटल सुदूरपश्चिम नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाद्वारा पानी पूरी देखि जुत्ता मर्मत सम्म, टेम्पो सवारी देखि मन्दिरको भेटी सम्मका कारोबारहरु डिजीटल रूपमा क्यू आर कोड मार्फत भुक्तानी गरी डिजिटल सुदुरपश्चिमको उद्घाटन गरेकी थिइन् ।






_20221202101523.jpeg)

