नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको लागि अन्तिम सझौता


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको लागि अन्तिम सझौता

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको लागि अन्तिम सझौता भएको छ । दुवै बैंकको आज बसेको संचालक समितिको बैठकले मर्जरको लागि तयार पारिएको अन्तिम सम्झौता स्वीकृत गरि दुई बैंकबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो ।

यस सँगै अब दुवै बैंकले साधारणसभा बोलाएर मर्जर प्रस्ताव पारित गराउने बाटो खुलेको छ । २ बैंकबीच गत जेठ २७ गते मर्जर सम्झौता भएको थियो।  राष्ट्र बैंकले असार २२ गते २ बैंकलाई मर्जरको लागि  सैद्दान्तिक सहमति दिएको थियो । दुवै बैंकले साधारणसभा बोलाएर मर्जर प्रस्ताव पारित गराएपछि  राष्ट्र बैंकले  मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गर्ने छ ।

Read More
  • MBL